कास्कीबाट प्रतिनिधि सभातर्फ १५ स्वतन्त्र उम्मेदवार प्रतिष्पर्धामा
कास्की | कात्तिक २४, २०७९
कास्कीः आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कास्कीबाट १५ जना उम्मेदवार प्रतिष्पर्धामा छन् ।
जसमध्ये क्षेत्र नम्बर १ बाट सौगात जिसी र दिलबहादुर रानाको उम्मेदवारी रहेको छ ।
त्यस्तै, क्षेत्र नम्बर २ बाट ६ जना उम्मेदवार रहेका छन् । यस क्षेत्रबाट महादेव गुरुङलाई अन्य भन्दा बलियो उम्मेदवार मानिएको छ ।
नेपाली कांग्रेसको राजनीतिबाट पर्यटन राज्यमन्त्री भइसकेका गुरुङ जिल्लाकै सशक्त स्वतन्त्र उम्मेदवार मानिन्छन् ।
यस क्षेत्रका अन्य उम्मेदवारमा तारानाथ सुवेदी, जमुना शर्मा, गिता नाथ र ऋगेन्द्र गिरी र शिरिष गुरुङ रहेकी छन् ।
यसैगरी, सबैभन्दा बढी स्वतन्त्र उम्मेदवार क्षेत्र नम्बर ३ मा रहेका छन् । यहाँबाट ७ उम्मेदवार चुनावी मैदानमा छन् ।
जसमध्ये अनिता भुर्तेल एक हुन् । भुर्तेल जनयुद्धताका सहिद भएका राजविक्रम भुर्तेल र सीता भुर्तेलकी छोरी हुन् । सहिदपुत्री भुर्तेललाई यहाँ अन्य भन्दा सशक्त मानिएको छ ।
अन्य उम्मेदवारमा अधिवक्ता दुर्गाप्रसाद कोइराला, पशुपति तिमिल्सिना, कमलजंग कुँवर, ढकबहादुर कार्की, यादवप्रसाद तिमिल्सेना र टंकप्रसाद अधिकारी प्रतिष्पर्धामा छन् ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

